सिमलटारमा विद्यार्थीहरुलाई कम्प्युटर तालिम

लोकखबर
१३ बैशाख २०८१, बिहीबार १५:२०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटारको विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा , सिमलटारका ११ , १२ र ब्याचलर लेबलका विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि आधारभुत तालिम दिन शुरु गरेको छ ।

तालिम चिनीमाया प्रतिष्ठानको सहयोगमा संचालन गरिएको प्रतिष्ठानका मकवानपुर जिल्ला अध्यक्ष तथा विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिए ।

अध्यक्ष सुमनको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले तालिम महत्वपूण रहेको बताईन् । साथै प्रशिक्षार्थीहरुलाई दक्ष बन्न आग्रह समेत गरिन् ।

कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बस्नेत , आयोजक संस्थाकी सहसचिव पिमिसरा दर्लामी मगर , कोषाध्यक्ष लक्ष्मी भण्डारी, तालिम प्रशिक्षक सुदिप भुर्तेल लगायतको उपस्थिति रहेको थियोे ।

तालिमको लागि हेटौंडाका व्यवसायी तथा सामाजिक व्यक्तित्व ज्योतिरत्न बज्राचार्य , माभेन कन्सल्टेन्सी , नमस्कार साप्ताहिक , विपन्न बचत तथा ऋण सहकारी संस्थाले कम्प्युटर सहयोग गरेको सहकारीले जनाएको छ । तालिममा २० जना प्रशिक्षार्थीहरु रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*