नेवार समुदाय कला र भाषा संरक्षण र प्रवर्द्धन गर्न निरन्तर लागि परेकोमा मन्त्रीबाट प्रशंसा

लोकखबर
१६ बैशाख २०८१, आईतवार ०५:४४

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेवार समुदायले राजनीतिकदेखि राष्ट्र निर्माण गर्ने कार्यमा समेत कला र भाषा संरक्षण र प्रबर्दनका लागि निरन्तर लागिरहेको बताएका छन् । शनिवार नेवा गुंठी खल मकवानपुरको तेश्रो साधरण सभा नेवाः एक चिनारी स्मारीका विमोचन एवम सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

बितेका दिनहरुमा उपत्यकामा मात्र नेवार समुदायको बाहुल्यता भएको र त्यहीँबाट कलाको संरक्षण प्रवर्धन भईरहेको थियो भने अहिले नेपालको धेरै भु–भाग र शहरहरुमा पनि विभिन्न माध्यमबाट फैलिएर आफ्नो संस्कृति, भाषा र कलाको जगेर्ना गरी महत्वपूर्ण योगदान खेलेकोमा सम्पुर्ण नेवार समुदाय प्रति खुसी व्यक्त गर्दै धन्यवादको पात्रसमेत रहेको मन्त्री श्रेष्ठले बताए । आफ्नो भाषा,धर्म र संस्कृती जोगाउन गरिएको योगदान प्रति सम्मान समेत व्यक्त गरे ।

संस्कृति जोगाउन मात्र नभइ व्यापार व्यवसाय, उद्योगधन्दासमेत गरी रोजगारी सिर्जना गर्दै उद्यमीसमेत उत्पादन गरि राष्ट्रको पुँजी निर्माणमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई थियो । हरेक आन्दोलन र परिवर्तनमा समेत नेवारी समुदायको महत्वपुर्ण उपस्थित रहेको भन्दै नेपालको परिवर्तनमा नेवार समुदायको थुप्रै अग्रज नेताहरुको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । बागमती प्रदेशले नेवारी भाषा र तामाङ भाषालाई कामकाजको भाषाको रुपमा पनि स्थापना गरिसकेको र त्यसमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको समेत प्रष्ट पारे । अहिले नेवार समुदायले संस्कृति जगेर्ना गरी भोज भतेर जस्ता तडकभडक मात्र नगरी त्यसभन्दा अलि फरक ढंगबाट नेवार समुदायले हेटौंडा बजारमा जन्मेदेखि मर्ने बेला सम्मको विधि र संस्कृतीलाई पुस्तान्तरण गर्न जरुरी रहेको उनको भनाई थियो ।

नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री एकलाल श्रेष्ठ,बागमती प्रदेश सभा सदस्य लक्ष्मी देवि श्रेष्ठ, श्री सत्य ओम बाबा , नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट संचालक पुर्णबहादुर जोशी लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*