हेटौँडा ८ मा वार्षिक योजनाका लागि सुझाव संकलन
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माणका लागि ८ नम्बर वडाबाट सुझाव संकलन गरिएको छ । हेटौँडा ८ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको हो ।
सरोकारवालाहरुबाट नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामाको टोली वडा नम्बर ८ मा पुगेको थियो । कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर ८ का वडाअध्यक्ष तथा नगरप्रमुख लामा र अन्य उयपस्थितहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले सरोकारवालाहरुको सुझाव अनुसार बजेट निर्माण गर्ने बताएकी थिईन् । वार्षिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गरिरहेको छ । नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम यसअघि नै वडा नम्बर १,३,४,५,६ र ७ मा सम्पन्न भइसकेको छ ।