हेटौँडा अस्पतालमा रिफिल–रिफर काउन्टर, रिफर गर्न सजिलो

लोकखबर
२० बैशाख २०८१, बिहीबार १३:०९

मकवानपुर । मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा हस्पिटलमा रिफिल काउन्टर सेवा शुरु भएको छ । अस्पतालले सुचना जारी गर्दै कोठा नम्बर २३ बाट रिफिल काउन्टर शुरु गरेको जानकारी दिएको हो ।

रिफिल काउन्टरबाट आफुले नियमित रुपमा सेवन गरिरहेको औँषधि सकिएमा थप गर्न तथा हेटौँडा अस्पतालमा नभएको सेवा लिनका लागि रिफर लिन सकिने अस्पतालले जनाएको छ । यससँगै रिफर लिनकै लागि सामान्य ओपिडिमा घण्टौँ लाईन बस्नुपर्ने समस्या समाधान हुनेमा अस्पताल प्रशासनले आशा लिएको छ ।

यो सेवा लिनका लागि हेटौँडा अस्पतालमा आएका बिरामीहरुले कोठा नम्बर २३ का लागि रिफिल काउन्टर ओपिडी वा रिफरल ओपिडीको टिकट काट्नुपर्ने बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*