मकवानपुरे पत्रकार मणिराज गौतमलाई ‘छायाँछवि पत्रकारिता पुरस्कार’ प्रदान

लोकखबर
५ जेष्ठ २०८१, शनिबार १०:२६

मकवानपुर । मकवानपुरे पत्रकार मणिराज गौतमलाई ‘छायाँछवि पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष समेत रहेका गौतमलाई १५ औं प्रिज्मा डी सिने अवार्डका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नगद १५ हजारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।

नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द र वरिष्ठ सङ्गीतकार शम्भुजित सापकोटा लगायतले उनलाई पुरस्कार प्रदान गरे।

काठमाडौं र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहेका थिए। उनी डेढ दशक थाहासञ्चार नेटवर्कमा आबद्ध थिए। उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन्।

पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए। डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ। यो शृंखलामा २०७९ मा प्रदर्शन भएका फिल्म समावेश गरिएको अवार्ड अध्यक्ष शान्तिप्रियले जानकारी दिए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*