टिस्टुङ स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर, ३०१ को स्वास्थ्य जाँच

लोकखबर
२० जेष्ठ २०८१, आईतवार १४:३८

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको आयोजना र थाहा नगरपालिका वडा नम्बर ११ र १२ को सहआयोजना टिष्टुङ स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर भएको हो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता भएको निःशुल्क स्वास्थ्य शिविरमा ३०१ जनाको स्वास्थ्य जाँच भएको बताइएको छ । शिविरको औपचारिक कार्यक्रम दामन रेडक्रसका सभापति मनश्याम बस्नेतको सभाध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*