हेटौँडा ११ मा वृहत खानेपानी योजनाको सुरुवात

लोकखबर
२२ जेष्ठ २०८१, मंगलवार १३:४४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ को थानाभर्याङ र सिमलटारका वासिन्दाहरुलाई लक्षित गर्दै बृहत खानेपानी आयोजना सुरु गरिएको छ । यस क्षेत्रका करिब ३ हजार परिवारलाई वितरणका लागि समवेल निर्माण देखिबाट पानी ट्याङकी निर्माण गर्नेसम्मको काम सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगतको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको कार्यालयको २ करोड ५० लाख, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको १ करोड १२ लाख र हेटौंडा उपमहानगरपालिकाको १ करोड रुपैयाँ लगानीमा खानेपानीका योजना निर्माण गर्न सुरु गरिएको हो ।

सिमल्टार थानाभर्याङ खानेपानी योजना निर्माणको काम अन्तरगत २ वटा समवेल निर्माणको काम सकिने चरणमा पुगेको छ । त्यसैगरी थानाभर्याङमा पानी ट्याङ्की निर्माणको काम पनि सुरु भएको छ । ४ लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले आज शिलान्यास गरेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहाल, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयका प्रमुख हरिराम पौडेल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*