कमेडी च्याम्पियन सिजन ३ का उत्कृष्ट ५ प्रतियोगीहरु छनौट

लोकखबर
२५ जेष्ठ २०८१, शुक्रबार १५:०२

मकवानपुर । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा पून उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । यसअघि शोमा उत्कृष्ट ५ जना प्रतियोगीहरु छानिसकिएको भएता पनि वाईल्ड कार्ड राउण्डपश्चात उत्कृष्ट ८ र उत्कृष्ट ६ हुँदै पून उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका हुन् ।

शोको उत्कृष्ट ५ मा सुनसरीका ऋषभ काफ्ले, काठमाडौँ दक्षिणकालीका सुनिल खड्का, रौतहट गौरका अम्रेन्द्र यादव, नवलपराशीकी सुयशा खनाल र सिक्किम भारतका बिरेन प्रधान रहेका छन् ।

दर्शक भोट, निर्णायकको गोल्डेन भोट र निर्णायकले दिएको अंकका आधारमा उत्कृष्ट ५ जना प्रतियोगीहरु छानिएका छन् । शोबाट यसपटक सन्देश सुवेदी बाहिरिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*