मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गरिने

लोकखबर
१ असार २०८१, शुक्रबार १८:५०

मकवानपुर । मकवानपुरमा बागमती प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्नका लागि अध्ययन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरी सहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाको लागि अध्ययन गरिने छ ।

बैठकको निर्णय अनुसार प्रदेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्नेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*