युवा गायन प्रतियोगितामा मकवानपुरका दिपकको जीत

लोकखबर
२ असार २०८१, शनिबार ०९:३८

मकवानपुर । राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि मकवानपुरका दिपकराज कालीराजले हात पारेका छन्। नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडीया प्रालि काठमाण्डौँको सह–आयोजनामा संचालित प्रतियोगितामा कालिराजले उपाधि हात पारेका हुन् ।

फाइनल राउण्डमा कालिराज प्रथम, धनुषाका राजा राजपुत द्वितिय र रुपन्देहिका सुरज खातीले तृतिय स्थान हाँसिल गर्न सफल भएका छन् । प्रतियोगितामा संगितकार बीपी वाग्ले, लोक गायिका देवी घर्ती मगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

विजेताहरुको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै संगीत भर्नकालागि संगीतकार बिपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*