हेटौँडामा ४२ जनालाई राष्ट्रिय सिप प्रमाणपत्र वितरण
मकवानपुर । उमेरले झन्डै ६ दशकको हाराहारीमा रहेका हेटौंडा ४ निवासी हबिब मिया आफ्नो सीपको उचित मुल्यांकन भएकोमा खुशी देखिन्छन् । दुई दशकदेखि कन्स्ट्रक्सन मेशन डकर्मीको काम गर्दै आएका मियाले आफुसँग सिटिईभिटीको प्रमाण पत्र नहुन्जेलसम्म आफ्नो कामको मुल्यांकन नभएको महशुस गर्दै आएका थिए । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले सीपको परिक्षण गरी परिक्षा लिएर मुल्यांकनको आधारमा सिटिईभिटीको २ लेबलको प्रमाणपत्र उपलब्ध गराएपछि थप हौसला बढेको र काम गरेर खाने आधार बनेको मियालाई लागेको छ।
यस्तै हेटौंडा ४ कै सम्झना श्रेष्ठ, शर्मिला दवाडी सिलवाल पनि गार्मेन्ट फेब्रीकेटर लेवल १ को प्रमाण पत्र पाँउदा सीप अनुसारको मुल्यांकन भएको बताउँछन । यस्तै मनहरी गाउपालिका वडा नम्बर ८ बेल्बासेका रामकुमार गिरी र हेटौंडा ७ नागस्वतीका माधव खतिवडा पनि सीप अनुसारको प्रमाणपत्र पाईएको भन्दै अब तहगत काम पाइने कुरामा आशावादी भएको बताउँछन् ।
राष्ट्रिय सीप प्रमाणपत्र बितरण कार्यक्रममा स्विस सरकार विकास सहयोग (एसडिसी) रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एनभिक्युएस एमओएसडी बागमती प्रदेश प्राविधिक संयोजक सुकबहादुर चौधरीले बताए । ३ तहको सरकार र सिटिइभिटीको समन्वय र साझेदारीमा कार्यक्रम भएको हो र ४२ जनालाई प्रमाणपत्र बितरण गरिएको संयोक चौधरीले जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सचिव राजन पौडेलले प्रमाणपत्र वितरण गरेका हुन् । आव २०८१–०८२ मा ५ सय जनाबाट प्रमाणपत्रको लागि छनौट हुने संयोजक चौधरीको भनाइ छ । प्रमाणपत्रको पछाडि भागमा कामको दक्षताको विवरण खुलाइनाले पनि सिपको आधारमा काम पाइने र वैदेशिक रोजगारिमा पनि महत्वपुर्ण सयोग हुने भएकोले पनि कार्यक्रमप्रति युवाहरूको आकर्षण बढेको चौधरी बताउँछन् ।
कार्यक्रम सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडामा भएको हो । औपचारिक वा अनौपचारिक रुपमा शिक्षा तथा तालिम पाएका , कामको अनुभवबाट सीप प्राप्त गरेका युवाहरूलाई मान्यताप्राप्त प्रमाणपत्रको साथै श्रमबजारमा रोजगारीको बृहत अवसर सृजना गर्नको निम्ति नेपाल सरकारबाट राष्ट्रियता प्रारुप , सहितको राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप स्विकृत भइ कार्यक्रम अगाडि बढेको हो । संयोजक चौधरीका अनुसार अहिले गार्मेन्ट फेब्रीकेटर लेवल १, वेल्डर लेवल २ , पेन्टर लेवल २, कन्स्ट्रक्सन मेशन डकर्मी लेवल २ को प्रमाणपत्र बितरण भएको हो । सामाजिक विकास मन्त्रालयले हेटौंडामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेको हो ।