कमेडी च्याम्पियन सिजन ३ मा उत्कृष्ट ३ फाईनालिष्टहरु छनौट

चन्द्र घलान
८ असार २०८१, शुक्रबार १६:२३

चन्द्र घलान,मकवानपुर । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा उत्कृष्ट ३ फाईनालिष्टहरु छानिएका छन् । दर्शक भोट, निर्णायकको गोल्डेन भोट र निर्णायकले दिएको अंकका आधारमा उत्कृष्ट ३ जना प्रतियोगीहरु छानिएका हुन् । शोबाट यसपटक चर्चित प्रतियोगी बिरेन प्रधान बाहिरिएका छन् ।

शोको फाईनलमा सुनसरीका ऋषभ काफ्ले, काठमाडौँ दक्षिणकालीका सुनिल खड्का र नवलपराशीकी सुयशा खनाल प्रवेश गरेका छन् । फाईनलमा पुगेकामध्ये ऋषभ सेमिफाईनल राउण्डमा पफोमर अफ द राउण्ड जित्दै सिधै फाईनलमा प्रवेश गरेका हुन् । शोमा लगातार दमदार प्रस्तुति दिईरहेका ऋषभलाई निर्णायकहरुले शोको विजेताका रुपमा समेत चर्चा गरेका छन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिमा कर्मसिंह लामासँगै संयुक्त रुपमा पफोमर अफ द राउण्ड जितेका थिए । त्यसपश्चात उनले वाईल्ड कार्ड राउण्डपछि भएको उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा र उत्कृष्ट ४ अर्थात सेमिफाईनलको प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड जितेका हुन् । यो सँगै उनले शोमा ३ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् ।

त्यस्तै फाईनलमा पुगेका सुनिलले शोमा विभिन्न रेकर्डहरु कायम गर्दै जितको दाबेदारी दिएका छन् । शोमा लगातार चर्चित प्रस्तुतिहरु दिईरहेका सुनिल शोमा ३ वटा अवार्ड जित्ने पहिलो प्रतियोगी हुन् । सुनिलले थुप्रै यादगार प्रस्तुतिहरु दिएका छन् । उनको संघर्षशिल कलाकार, किसान, झाँक्रीको गेटअपमा दिएको प्रस्तुति, सुपर स्टार लगायतका प्रस्तुतिहरु सर्वाधिक चर्चित बनेको थियो । उनले आफ्नो प्रस्तुतिमा धेरै पटक गोल्डेन भोट पाएका छन् । उनलाई दर्शकहरुले पनि शोको विजेताका रुपमा चर्चा गर्ने गरेका छन् । उनले उत्कृष्ट १६, वाईल्ड कार्ड अघिको उत्कृष्ट ६ र उत्कृष्ट ५ बाट गरी ३ पटक पफोमर अफ द राउण्डको अवार्ड जितेका छन् । उनले सुपर थर्टी राउण्डमा गोल्डेन बजर पनि पाएका थिए ।

फाईनलमा पुगेकी सुयशा शोकी नै सबैभन्दा कान्छी प्रतियोगी हुन् । उत्कृष्ट १० र उत्कृष्ट ८ को प्रस्तुतिमा गरी २ पटक पफोर अफ द राउण्ड जितेकी सुयशाले धेरै पटक गोल्डेन भोट पाएकी छिन् । उनले सुपर थर्टी राउण्डमा गोल्डेन बजर पनि पाएकी थिईन् । ४ वर्षको उमेरदेखि कमेडी गर्न थालेकी उनी अहिले १२ वर्षकी भईन् । सुयशालाई पनि दर्शकहरुले शोको विजेताका रुपमा चर्चा गरिरहेका छन् । हेर्नुहोस् भिडियो–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*