विषालु च्याउ खाँदा राक्सिराङका ५ जना बिरामी, एकको अवस्था गम्भिर

लोकखबर
१० असार २०८१, आईतवार १४:१२

मकवानपुर । राक्सिराङ गाउँपालिकामा विषालु च्याउ खाँदा ५ जना बिरामी परेका छन् । उनीहरुमध्ये एकको अवस्था गम्भिर रहेको छ ।

राक्सिराङबाट सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले दिएको जानकारी अनुसार बिरामी परेका पाँचै जना एकै परिवारका हुन् । बिरामी परेकाहरु राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दगुबाङका दलबहादुर प्रजाका परिवार हुन् । उनीहरुमध्ये ५५ वर्षीय दलबहादुर प्रजाको अवस्था गम्भिर रहेको छ ।

बिरामी भएका सबैले हिजो विषालु च्याउ झुक्किएर खाएका थिए ।संचारकर्मी तामाङका अनुसार उनीहरु सबैलाई अहिले उपचारका लागि अस्पतालतर्फ ल्याईँदैछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*