हेटौँडा ११ मा विद्यार्थीहरुले मनाए धान दिवस
मकवानपुर । हेटौंडा ११ मा विद्यार्थीहरुले धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । रेडियो थाहा सन्चार ९९.६ मेगाहर्ज र थाहा कृषि वाटिकालेआयोजना गरेको धान रोपाइँ तथा दहि चिउरा खाने कार्यक्रममा हेटौंडा एकेडेमीका विध्यार्थीहरुले बाटिकाको परिसर भित्र बनाइएको दुई वटा गरामा धान रोपेर धान दिवस मनाएका हुन् ।
कार्यक्रमकि प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहालले धान रोपेपछी रोपाइँ शुरु भएको थियोे । विद्यार्थीहरुलाई अर्ग्यानिक खेतीबारे व्यवहारिक ज्ञान दिने र नमुना ज्ञान केन्द्र बनाउने बाटिकाको उदेश्य रहेको बाटिका संचालक तथा उद्योगी अरुणराज सुमार्गीले बताए ।
५ बिगाहा जग्गामा निर्मित बाटिकामा सजिवन खेती, खर्बुजा, कुरिलो जस्ता फलफूल तथा तरकारी खेतीका साथै गाई पालन, कुखुरा ,हाँस, टर्की जस्ता पशुपन्छी पालनको पनि थालनी गरेका गरिएको छ । कृषि सम्बधी अध्यन अवलोकन गर्न आउने मानिसहरुको लागि गेस्ट हाउस समेत निर्माण गरिएको सुमार्गीले बताए । आफुहरुले विषादीरहित आहारको अवधारणा ल्याएको बताउँदै सुमार्गीले त्यसोहुँदा परनिर्भर हुन नपर्ने बताए ।
कार्यक्रममा रेडियो थाहा की संचालिका अंकिता सुमार्गी, जैविक कृषि अभियन्ता घमराज तिमल्सिना , हेटौंडा एकेडेमीका सिईओ रमेश रिमाल, प्रधानाध्यापक धिरज क्षेत्री , रेडियो थाहाका स्टेसन म्यानेजर गोकुल अधिकारी लगायतको आथित्यता रहेको थियोे ।