भदौ ४ मा बागमती प्रदेशमा सार्वजनिक बिदा

लोकखबर
१ भाद्र २०८१, शनिबार ०९:३७

मकवानपुर। आगामी भदौ ४ मा परेको गाइजात्रा पर्वमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।
प्रदेशको शुक्रबारको मन्त्रिपरिषद बैठकले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामछिानेले जानकारी दिए।

उनले गाईजात्रा प्रदेशमा मनाइने महत्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक विदा दिने निर्णय गरेको बताए । ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष विदा दिने व्यवस्था रहेको उनको भनाई छ ।

मन्त्री लामिछानेका अनुसार उक्त निर्णयसंगै बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहनेछन् ।

यस्तै, शुक्रबारको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । निर्णय अनुसार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकीएको हो ।

लामिछाने गत साउन १२ मा प्रदेशके आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । आन्तरिक मामिला मन्त्रालय अन्तर्गत संचार विभाग समेत रहेकोले मन्त्री लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*