हेटौंडा १७ बालमैत्री वडा घोषणा

लोकखबर
७ भाद्र २०८१, शुक्रबार २०:४४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १७ बालमैत्री घोषणा गरिएको छ । यसै आर्थिक वर्ष २०८१/०८२ मा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत शुक्रबार ‘बालश्रम मुक्त, बालबिवाह मुक्त’ वडा घोषणा गरिएको हो। यो सँगै हेटौंडामा चार वटा वडा बालमैत्री घोषणा गरिएको छ ।
यस अघि हेटौंडा-८, २ र ७ नम्बर वडा घोषणा भइसकेका छन् । हेटौंडा १७ मा आयोजित समारोहमा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले वडालाई बालमैत्री घोषणा गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख लामाले उपमहानगर बालमैत्री र युवा मैत्री बनाउँने अभियानलाई अघि बढाउँदै लगेको बताइन् । यसलाई कार्यान्वयनमा लैजानका लागि पालिकाबाट कुनैपनि समस्या नहुँने उनले प्रतिबद्धता जनाइन् । जसरी वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा स्थानीयको साथ र सहयोग रहेको छ यसलाई दिगो बनाउँनका लागि पनि यस्तै सहयोगको आवश्यकता पर्ने उनको भनाई छ ।
अनुगमनबाट तोकिएका सूचक पूरा गरेको पाइएपछि वडालाई बालमैत्री घोषणा गरिँदै आइएको छ ।

घोषणा अघि वडाका विभिन्न टोलविकास समूह, आमा समूह, सहकारीको टोलीले र्‍याली प्रदर्शन गरेको थियो ।
शनिबार पाँचौं वडाको रुपमा हेटौंडा १० नम्बर बालमैत्री घोषणाको तयारी गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*