थाहामा नेपाली सेनाको गाडीमा आगलागी

लोकखबर
२१ भाद्र २०८१, शुक्रबार ०६:४७

मकवानपुर। मकवानपुरको थाहानगरपालिका वडा नं.४ मा नेपाली सेनाको गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

७ नम्बर बाहिनी युद्ध भैरव गण तालिम शिविरका सेना चनवनबाट तालिमको लागि मकवानपुरको सिमभन्ज्याङतर्फ जाँदै गरेको सेनाको ट्रकमा आगलागी भएको हो।
बा १ ग ३४३६ नम्बरको ट्रक बिहिवार मध्याह्न साँढे १२ बजे त्रिभुवन राजपथ दामन -शिखरकोट सडक खण्ड अन्तर्गत कुर्सीको मोडमा आगलागी भएको हो।

ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइट लगाउने क्रममा अचानक आगो लाग्दा ट्रक पूर्ण रुपमा क्षती भएको हो। सापट भाचियर डिजल ट्याङ्कीमा लागेपछि डिजेल चुहियर आगोलागी भएको ट्रकमा सवार एक सेनाले बताए।
१८ जना सवार रहेको ट्रकमा आगोलागी पछि थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएपनि ट्रक भने पूर्ण रुपमा क्षती भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। ट्रक नेपाली सेनाको तालिमको लागि सिमभन्ज्याङ रेकि गर्न जाँदै थियो।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*