घरेलु तथा साना उद्योग संघको अधिवेशन शनिबार

लोकखबर
२८ भाद्र २०८१, शुक्रबार ११:०५

मकवानपुर । मकवानपुर घरेलु तथा साना उद्योग संघ तथा महिला उद्यमी समिति मकवानपुरको २९ औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला अधिवेशन शनिबार २९ भदौमा हुने भएको छ ।

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । घरेलु तथा साना उद्योग संघमा १९ र महिला उद्यमी समितिका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको संघका महासचिव कुमार पौडेलले जानकारी दिए । हेटौंडाको रोयल पार्टी प्यालेशमा विहान ८ बजेबाट सुरु हुने साधारणसभा तथा अधिवेशनको बागमती प्रदेश सरकारका उद्योग, वाणीज्य, भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

उनका अनुसार संघमा दुई सय बढी घरेलु तथा साना उद्योग आबद्ध छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*