बागमती प्रदेशमा विश्व पर्यटन दिवस मनाइँदै

लोकखबर
९ आश्विन २०८१, बुधबार २०:४३

मकवानपुर । बागमती प्रदेश सरकारको संस्कृति,पर्यटन तथा सहकारी मन्त्रालयले ४५ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउँने तयारी गरेको छ ।

यही असोज ११ गते शुक्रबार ‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ विश्व पर्यटन दिवस कार्यक्रम २०२४ मनाउने भएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामा तामाङको प्रमुख आतिथ्यतामा दिवसका सन्दर्भमा हुने कार्यक्रममा उपस्थितीका लागि सबैलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रम काठमाडौंको उखुलाक्षी,साँखु, शङ्करापुरमा दिउशो १२ः३० बजेका लागि तय भएको आयोजक संस्कृति,पर्यटन तथा सहकारी मन्त्रालयले जनाएको छ । कार्यक्रम सुरु हुनु अघि विहान ११ः३० बजे साँखुको पूरानो बसपार्कबाट र्‍याली निस्कँदै साखु परिक्रमा गरी कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।

विश्व पर्यटन दिवस हरेक वर्ष सेप्टेम्बर २७ मा मनाउँने गरिएको छ । पर्यटनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रोजगारी सृजना गर्ने र आर्थिक विकासलाई प्रबद्र्घन गराउँने भएकाले यस दिवसलाई बागमती प्रदेश सरकारले पनि महत्वका साथ मनाउने भएको हो । विश्वभर पर्यटनको सामाजिक,सांस्कृतिक, राजनीतिक र आर्थिक महत्वबारे चेतना प्रवाह गर्ने उद्देश्यसहित यो दिवस मनाउँने गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*