मनहरीमा हालियो रोटेपिङ

लोकखबर
२६ आश्विन २०८१, शनिबार ०९:०८

मकवानपुर । पछिल्लो समय लोप हुँदै गएको रोटेपिङ मकवानपुरको मनहरी गाउँपालिकास्थित एक मन्दिरमा सञ्चालनमा ल्याइएको छ । पालिकाको ७ नम्बर वडामा रहेको मनकामना मन्दिर परिसरमा दशैंकोको अवसरमा रोटेपिङ सञ्चालनमा ल्याइएको हो ।

मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले शुभारम्भ गरे । रोटेपिङ शुभारम्भ कार्यक्रममा पालिका उपाध्यक्ष सीता पुलामी मगर र संस्थाका अध्यक्ष नारायण सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
हिन्दु धर्म ग्रन्थमा दसैँका बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागि परेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*