सबैतिर सुख, शान्ति र अमनचयन कायम रहोस्: प्रदेश प्रमुख देवकोटा

लोकखबर
२६ आश्विन २०८१, शनिबार १३:१३

मकवानपुर । बडादशैं २०८१ का अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेशबासी एवम् देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख देवकोटाले हाम्रो परम्परा र मौलिकता बोकेका पर्वहरुले आपसमा एकता, सहिष्णुता अभिवृद्धि भई हाम्रो आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

उनले जारी गरेको सन्देशमा भनिएको छ,‘धार्मिक तथा साँस्कृतिक महत्व बोकेको यो महान पर्वले मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास लिएको छु । आफूभित्र र समाजभित्र रहेका असत्यमाथि विजय प्राप्त गर्ने अवसर यो पर्वले दिनेछ । सबैतिर सुख, शान्ति र अमनचयन कायम रहोस् भन्ने कामना गर्दछु ।’

प्रमुख देवकोटाले दशैंको मुखमै आएको प्राकृतिक विपत्तिले देशका धेरै भागमा र खासगरी बागमती प्रदेशमा अकल्पनीय क्षती पुर्‍याएको भन्दै प्रमुख शर्माले यो विषम् परिस्थितिबाट माथि उठ्न र उठाउन सबैलाई यो पर्वले उर्जा दिने विश्वास व्यक्त गरे । साथै, चाडपर्वलाई तडकभडक र भड्किलो नबनाइ मौलिक संस्कृतिको जगेर्ना हुने गरि सादगी र सभ्य तरिकाले मनाउन प्रमुख देवकोटाको आग्रह समेत छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*