हेटौंडा १२ मा कांग्रेसका तिवारी विजयी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् ।
तिवारीले २ हजार ६३ मत प्राप्त गरी जित हासिल गरेका हुन् ।
निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५६० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
हेटौंडा १२ को अध्यक्षका राप्रपा उम्मेदवार प्रेमबहादुर भोलनले १७८, रास्वपाका आशाविर बलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३ मत प्राप्त गरेको आयोगले जनाएको छ । यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए ।
वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए ।