आगलागी पिडीतलाई वडाध्यक्ष तिवारीको सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
हेटौंडा १२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले विहीबार मंसिर १६ गते आगलागीका कारण घरगोठ क्षति हुन पुगेको कालु घलानको घरमा पुगी सहयोग गरेका हुन् ।
आगलागीबाट घलानको घरमा रहेको लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको थियो । वडाध्यक्ष तिवारीले घलानलाई चामल, चिनी चिउरा लगायतको खाद्यान्न सहयोग गरेका हुन् ।