सूर्यलाई पुनः सागरपथको नेतृत्व

लोकखबर
१९ पुष २०८१, शुक्रबार १०:१०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सागरपथ टोलविकास संस्थाको अध्यक्षमा पुनः सूर्यबहादुर थिङ चयन भएका छन् ।

संस्थाको विहीबार भएको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाले थिङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष नरेन्द्र लोप्चन, सचिव बुद्धिनाथ न्यौपाने, सहसचिव अशोक थिङ,कोषाध्यक्ष अमिर लामालाई चयन भएका छन् । सदस्यहरुमा शुक्रबहादुर बिक, जुना डिम्डुङ, पन्चमाया घलान, विमला रानामगर, सागर सुनार र हरिलाल सुनार रहेका छन् ।

हेटौंडा उपमहानगर पालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको भेलामा हेटौंडा ११ नम्बर वडाध्यक्ष जुना दाहाल,टोलविकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ,हेटौंडा ११ वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य,सिमल्टार टोलविकास संस्थाका अध्यक्ष सूर्यमान लामा, तल्लो थानाभर्‍याङ टोलविकास संस्थाका अध्यक्ष सम्शेर बानियाँ लगायतकाको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*