टोलविकास संस्थाका अगुवालाई कानूनी अनुशिक्षण

लोकखबर
२३ पुष २०८१, मंगलवार ११:०२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० र ११ का टोल विकास संस्थाका अगुवा सदस्यहरुलाई कानूनी शिक्षा अनुशिक्षण प्रदान गरिएको छ ।

टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० र ११ नं वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवम् सदस्य गरी ६५ जना अनुशिक्षणमा सहभागी बनेका हुन् ।

हेटौंडा उपमहानगरपालिका न्यायिक समितीको सहयोगमा आयोजित कार्यक्रममा नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको आतिथ्यता थियो ।

न्यायिक समितिका सदस्य एवम् नगर समन्वय समितीका सल्लाहकार ज्ञानबहादुर थापा, न्यायिक समितिका सदस्य सन्तुमाया पाख्रीन, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ११ नं वडाका मेलमिलाप संयोजक सर्मिला अधिकारी, वडा समन्वय समितीका अध्यक्ष यज्ञ आचार्य लगायतको उपस्थिती थियो ।

हेटौंडा उपमहानगरपालिकाका कानूनी अधिकृत सुजन तिमल्सिना, सरस्वती धिमाल, अधिवक्ता अप्सरा बस्नेतले अनुशिक्षणमा सहजीकरण गरेका थिए ।

नगर समन्वय समितीका अध्यक्ष अधिकारीका अनुसार यस्ता अनुशिक्षण नगर भरीका सबै वडामा सञ्चालन गरिनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*