दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकमलाई

लोकखबर
२६ फाल्गुन २०८१, सोमबार १९:४५

मकवानपुर– हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गते देखि भएको दशौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ ।

हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँ राशि हात पार्न सफल भएको प्रतियोगिता संयोजक मणिराज गौतमले बताए ।

खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा तिन दुई गोल अन्तरमा किङकम भेट्रान्स विजयी भएको हो । दितिय हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको संयोजक गौतमले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत किङकम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ कोच राजकुमार पन्त,उत्कृष्ट फरवाड सरोज थापा,उत्कृष्ट गोलकिपर अमित प्रधान,उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए भने फ्रिडम फाईटरको तर्फबाट ,उत्कृष्ट मिडफिल्डर उदय बहादुर गुरुङ घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल भएका थिए ।

प्रतियोगिताको सर्वउत्कृष्ठ खेलाडी फ्रिडम फाईटरको तर्फबाट तेन्जिङ लामा घोषित भई नगद दश हजार सँगै ट्रफी प्राप्त गर्न सफल भए ।
विजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।

समापन समारोहमा हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल,वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे,वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम,वडा नम्बर ८ अध्यक्ष राम थापा,वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी,हेटौँडा स्कूल अफ म्यानेजमेन्टका संचालक पुरणबहादुर जोशीलगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*