स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन प्रदान

विदुर–नुवाकोटको पिपलटारस्थित एक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन प्राप्त भएको छ । यसवाट गाउंका विरामीहरुलाई सुविधा भएको छ ।
नुवाकोटमा शिक्षा र स्वास्थ्यमा विभिन्न कार्य गर्दै आइरहेको यशोदादेबी÷भगवानसिह केसी मेमोरियल ट्रष्टले बिदुर नगरपालिका ५ पिपलटारस्थित शहरी स्वास्थ्य केन्द्रलाई शुक्रवार एक थान अक्सिजन कन्सन्टे«टर मेशिन हस्तान्तरण गरेको हो । कावा वडाध्यक्ष होमवहादुर कुमाल, स्वास्थ्य केन्द्रकी प्रमुख सुमित्रा अधिकारी न्यौपानेलाई ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै केसीले विरामी तथा सर्वसाधारणको सुविधाका लागि सहयोगलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए । सो स्वास्थ्य केन्द्रलाई ट्रष्टले यसअघि, विरामी सुताउने आधुनिक वेड, विपि पल्स मेशिन, पिपिई सेट एकसय थान, माक्स आठ हजार थान, अक्सिजन कन्सन्ट्रेटर, विभिन्न सात प्रकारका औषधिहरु हस्तान्तरण गरिसकेको स्थानीय युवा सामाजिक अगुवा सुजन गजुरेलले जानकारी दिए ।
पिपलटारस्थित स्वास्थ्य केन्द्रलाई ट्रष्टले हालसम्म दुई थान अक्सिजन कन्सन्टे«टर मेशिनसहित तीनलाख ५० हजार रुपैया वरावरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिसकेको ट्रष्टका सहसचिव सरोज केसीले जानकारी दिए । स्वास्थ्य केन्द्रलाई प्राप्त उपकरणवाट उक्त स्थानका विरामीहरुलाई स्वास्थ्य उपचार सेवा दिन सहज भएको वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ ।