एक वडा एक उत्पादन कार्यक्रम सन्चालन

त्रिपक्षिय सम्झौता
लोकखबर
२१ चैत्र २०८१, शुक्रबार १८:३५

विदुर–नुवाकोटको अन्न तथा तरकारी भण्डारको रुपमा रहेको बेलकोटगढीमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम सन्चालन भएको छ । नपा र सरोकारवाला कार्यालयवीच त्रिपक्षिय सम्झौता भएसंगै सो कार्यक्रम सन्चालन भएको हो ।
यससंगै पहिलो पटक बेलकोटगढी नगरपालिकामा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन गरिएको हो । वेलकोटगढी नपा, जिल्ला कृषि विकास कार्यालय र कृषक समूहबीच त्रिपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी भएको हो ।
कार्यक्रमको संयुक्त साझेदारीमा सञ्चालन भएकोे उक्त कार्यक्रम अन्तर्गत सरकारले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लगानी सुनिशिचत भएको छ । जसअन्तर्गत यस कार्यक्रमका लागि १३ वडा रहेको वेलकोटगढीमा एउटा वडाका लागि ४२ लाख ६३ हजार ७ सय ९५ रुपैँया लगानी सुरुवात भएको छ ।
जसमा बेलकोटगढी नगरपालिकाको १० लाख ६५ हजार ९ सय ४८ रुपैँया र किसान समूहहरुको पनि वरावरी १० लाख ६५ हजार ९ सय ४८ रुपैँया लगानी रहने छ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कार्यक्रम अनुसार चालुआर्थिक बर्ष २०८१÷०८२ बाट पाँच बर्षका लागि वेलकोटगढी नपाको सबै वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।
कार्यक्रम अनुसार कफि उत्पादन, नर्सरी लगायत आवश्यक प्रविधि सहयोग कार्य गरिनेछ । यसवाट किसानहरुमा कृषि कार्यमा वढोत्तरी भई आयआर्जन र स्वरोजगारमा सहयोग प्राप्त हुने मेयर जगतवहादुर गुरुङको प्रतिवद्धता रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*