तरकारी कृषकहरुलाई प्रशिक्षण
यन्त्र मर्मत तालिम

विदुर–नुवाकोटमा तरकारी उत्पादक कृषकहरुलाई कृषि यन्त्र मर्मत प्रशिक्षण दिइएको छ । यसवाट उनीहरु आफ्ना कृषि यन्त्र मर्मत गर्न सक्षम भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन एकाइ, नुवाकोटको आयोजनामा तरकारी जोनअन्तर्गतका कृषकलाई प्रयोगात्मक अभ्याससहितको प्रशिक्षण दिइएको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषियन्त्र मर्मतसम्बन्धि तीन दिने कृषकस्तर दिइएको हो ।
परियोजनाको सभाकक्ष ढुंगेमा सम्पन्न तालिममा १८ कृषकहरु सहभागी भएको कार्यालय प्रमुख रवीन्द्र पौडेलको भनाई छ । परियोजना अन्र्तगत धान, आलु तथा वाख्रा .पालन कार्यक्रम सन्चालन भइरहेको छ ।