आयुर्वेदलाई प्राथमिक उपचारको रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड

विदुर–सर्वसाधारणको जानकारीका लागि नुवाकोटको खरानीटारमा आर्युवेद उपचार सम्बन्धिे सचेतना कार्यक्रम सम्पन्न भएको छ । आर्युवेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमो तादी गापामा आर्युवेद सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाईे क्रममा आर्युवेद चिकित्सा प्रणाली, यसको महत्व, प्रयोग विद्यि तथा स्वस्थ्य जीवनशैलीमा यसले पु¥याउने सहयोगबारे सचेतना प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले आर्युवेदका विभिन्न उपचार विधिहरू, प्राकृतिक जडीबुटीको उपयोग तथा स्वस्थ रहन अपनाउनुपर्ने उपायबारे विस्तृत जानकारी लिएका थिए ।
कार्यक्रमका सहभागीहरूले आयुर्वेदलाई प्राथमिक उपचारको रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । गाउँपालिका स्तरमा यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रभावकारिता बुझाउन मद्दत पुग्ने विश्वास गरिएको तादी गापा अध्यक्ष सन्तमान तामाङले बताए ।
कार्यक्रममा आर्युवेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरी प्रमुख प्रशासकिय अधिकृत ध्रुब खनाल, वडाध्यक्ष बच्चुराम तामाङ, तादी गापाका विभिन्न शाखाका कर्मचारी, स्वास्थ्य संस्था तथा आर्युवेद औषधालयका प्रतिनिधि, कर्मचारीहरू, आर्युवेद तथा वैकल्पिक चिकित्सालयका कर्मचारीहरू तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।