आगलागीवाट घर नष्ट

सामानहरु जलेर क्षति
लोकखबर
२२ चैत्र २०८१, शनिबार २०:२४

विदुर–नुवाकोटको कुमरीमा शनिवार एक घरमा आगलागी भएको छ । आगलागी भई घर जलेर नष्ट भएको छ ।
बेलकोटगढी नगरपालिका ३ का युद्धप्रसाद पुडासैनीको घरमा शनिवार करेण्ट सर्ट भई आगजानी भएको हो । उनको घरमा भएका सवै मालसामन जलेर नष्ट भएको वडाध्यक्ष कौशिला पुडासैनीको भनाई छ ।
उनका अनुसार घरमा कोही नभएको बेलामा करेन्ट सर्ट भई आगलागी भएको र त्यसका कारण घर भित्र भएको सम्पूर्ण धन सम्पत्ति जलेर नष्ट भएको छ । स्थानीयवासी सर्वसाधारणले आगजनी नियन्त्रण गरेका थिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*