एमाले संगठन विस्तारमा

टोलमा वनाउंदै संगठन
लोकखबर
२४ चैत्र २०८१, सोमबार २०:१०

विदुर– सत्तारढ दल नेकपा एमाले नुवाकोटमा संगठन विस्तारमा केन्द्रीत भएको छ । संगठनलाई मजवुत वनाउन नयां कमिटि गठन तथा पुर्नगठन कार्यलाई एमाले नुवाकोटले तिव्रता दिएको छ ।
एमालेले नुवाकोटमा पार्टीको “जरा अभियान“ अन्तर्गत आइतवार तारकेश्वर गापा २ स्थित तारुकाबेसिमा संगठन विस्तार कार्य गरेको छ । जसअन्र्तगत महेश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय एमाले टोल कमिटी गठन गरेको छ ।
एमाले क्षेत्र नं. २ का संयोजक समरवहादुर आलेमगर, तारकेश्वर २ का वडाधयक्ष शिवप्रसाद पनेरुलगायत विभिन्न जिल्लास्तरिय नेताहरुको उपस्थितिमा टोल कमिटि गठन गरिएको संयोजक आलेमगरले वताए । एमालेले नुवाकोटमा अभियानअन्र्तगत टो, वडा, पालिका कमिटिका अधिवेसन तथा भेलाहरु ग्रिरहेको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*