परिवर्तन विरुद्धको षडयन्त्र चिर्न जरुरीः वरिष्ठ उपाध्यक्ष पोखरेल

देश विदेशी शक्ति सल्वलाएको दावी
लोकखबर
२५ चैत्र २०८१, मंगलवार १९:४१

विदुर–नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा भएको परिवर्तनका विरुद्ध षडयन्त्र भइरहेको वताए । उनले देशमा अहिले अनेक षडयन्त्र भइरहेको कारण त्यसलाई चिर्न जरुरी रहेको वताए ।
नुवाकोटको विदुरमा एमाले नुवाकोटले मंगलवार गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देशी विदेशी शक्तिहरुले नेपाल र सरकार विरुद्ध धे्रै षडयन्त्र गरिरहेको र त्यसको प्रतिवाद आवस्यक रहेको वताए । उनले जनतामाझ वैचारिक रुपमा षडयन्त्रहरुको पर्दाफांस गर्ने कार्य एमालेले सुरु गरिसकेकोसमेत वताए ।
देश अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको हुंदा मुलुकमा स्थायित्व नचाहने शक्तिहरुले यो वा त्यो वहानाम जनता भड्काउने कार्य गरेको पुर्व उपप्रधानमन्त्रिसमेत रहेका पोखरेलको भनाई छ । कांग्रेस र एमाले मिलेर वनेको अहिलेको सरकारले समस्याको निकास दिने क्रम सुरु गरेपछि सरकार र एमाले विरुद्ध विभिन्न जाल वुन्न थालिएको उनको भनाई छ ।
सत्तामा वस्न नपाएको झोंकमा कतिपय शक्तिहरुले अहिले आएर फेरी जातीय राज्यको सपना वांढ्न थालेको पोखरेलले वताए । देशमा कुनै पनि हालतमा जातीय राज्य हुन नसक्ने उनको भनाई छ ।
अहिलेको संविधान कार्यान्वयन र संघीयतालाई मजवुत वनाउनु पर्ने विषयलाई थांती राखेर प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड अहिले आएर जातीयतासहितको १४ प्रदेशको कुरा गर्न थाल्नु सरकारमा वस्न नपाएर वर्वराउन थालेको आरोप लगाए । उनले एमालेका योजना र अभियानलाई मन नपराएर देशी विदेशी शक्तिहरु एमाले र सरकार विरुद्ध लागिरहेको उनको भनाई छ ।
अव एमालेले बहुमत ल्याएर देशमा राजनीतिक स्थायित्वका लागि विभिनन अभियान सन्चालन गरिरहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन–०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मुलुकमा स्थायित्व कायम हुनेसमेत दाबी गरे । राजनीतिक स्थिरता ल्याउने एमालेको पहिलो प्राथमिकता र संकल्प रहेको उनको भनाई छ ।
‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म अनेक शक्तिहरु सल्वलाउंछन्, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले अवको चुनावमा एमालेलाई बहुमत दिनुपर्छ,।’
उनले अगाडि भने, ’समस्या समाधानका लागि देशमा एमालेको वहुमतसहिकताके सरकारको आवश्यकता छ । त्यसका लागि एमालेले जरा अभियान सन्चालन गरेको हो ।’
जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी तत्वहरु सलबलाएकोले त्यसको खबरदारी गर्न एमाले कार्यकर्ता सचेत रहनु पर्नेसमेत पोखरेलले बताए । जनताले ल्याएको परिवर्तनका विरुद्ध औँला ठड्याएकोले त्यसका विरुद्ध खबरदारी गरिएको उनले स्पष्ट पारे ।
एमाले जनताले रोजेको पहिलो पार्टी भएकोले जनताले ल्याएको परिवर्तनको संरक्षणको लागि एमाले जनताका बीचमा गइरहेको वताउंदै पोखरेलले जनताले ल्याएका परिवर्तन अरू कसैले नबोके पनि एमाले एक्लैले भए पनि बोक्ने स्पष्ट पारे । देशको वर्तमान संविधानलाई मन नपराउनेहरु (राजावादी) ले देशमा केहीँ भएन भन्ने भाष्य सिर्जना गरेकोसमेत उनले वताए ।
अहिलेका पुस्तालाई राणाशासनदेखि २०४६, २०५४, २०६३ हुंदै २०७२ सालसम्को संविधान र परिवर्तनको विषयमा वुझाउन आवस्यक रहेको पोखरेलले वताए । युवा पुस्तालाई २०४६ सालपछि देशमा कस्तो परिवर्तन भयो भन्ने कुरा वुझाउन थालिएको वताए ।
‘देशलाई सधैं अप्ठ्यारोमा राख्नेहरू गणतन्त्रले के दियो? भन्दछन्, उनीहरुलाई वितेको ३० वर्षदेखिको विकासका आधारहरु गाउँ गाउँमा मोटर बाटो पु¥यायो, गणतन्त्रले दिएको परिवर्तन देख्न नसक्नेहरू राजाको शासनकालमा कर्णाली कस्तो थियो ?’, उनले प्रतिप्रश्न गरे । गणतन्त्रले केही दिएन भन्नेहरूलाई उनले अगाडि भने देशमा राजाको शासन पनि हेरियो, पन्चायत पनि हेरियो, देश पञ्चायतको समयमा कस्तो थियो भन्ने कुरा तथ्य र प्रमाणको आधारमा भन्न सक्नु पर्नेमा वताए ।
देशमा एकै पटक सोचे जस्तो विकास हुन नसकेको भए पनि राजा, पन्चायत र युद्धले ध्वस्त पारेको देश र अर्थतन्त्रलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको उनले उदाहरण सहित पेस गरे । उनले समृद्ध नेपाल सुखी नेपालीको बाटोमा नेपाल अघि बढेको बताउँदै राजावादीहरूले रोजेको बाटो दिवास्वप्न र विनाशको बाटो भएको दावी गरे ।
एमाले अध्यक्ष तथा केपी शर्माओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेको कारण अनेक षडयन्त्र भइरहेको पोखरेलले वताए । उनले एमाले र कांग्रेसकै सहमति अनुसार सरकार सनचालन भएकोपनि वताए ।
देशलाई जोगाएर विकास गर्ने नेता सत्तामा भएका कारण शिक्षा, स्वास्थ्य, वाटो, खानेपानी, सिंचाइमा सोचे भन्दा धेरै विकास भएको उनले दावी गरे । देशमा दुईवटा पार्टी मिलेर सरकार चलाइरहेको बताउँदै उनले सामान्य अवस्थामा दुईवटा प्रमुख पार्टी मिल्न नपर्ने भए पनि साना पार्टीले ठुला पार्टी माथि शासन गर्न लागेपछि दुई ठुला पार्टी मिल्नु परेको स्पष्ट पारे ।
ठुला पार्टी माथि माओवादीलगायतका साना पार्टीले शासन गरेको अवस्थामा देशको समृद्धि र विकास हुन नसक्ने उनको धारणा छ । माओवादीको अराजकता सदाको लागि समाप्त पार्नको लागि कांग्रेस र एमाले मिल्नु परेको उनले खुलासा गरे ।
यो एकता २०८४ को निर्वाचनसम्म कायम हुने स्पष्ट पार्दै पोखरेलले निर्वाचनका समयमा स्वच्छ प्रतिस्पर्धा गरिने वताए । ‘मुलुकलाई सङ्कट पर्दा, कांग्रेस र एमाले मिलेका इतिहास छन्, त्यसैले हामी मिलेको हौँ, जनताले वुझेका छन्, मिलेको देख्न नसक्नेहरुले षडयन्त्र गरेको पनि जनताले चाल पाइसकेका छन्, मुलुकको स्थितिलाई सुधार गर्ने काम भइरहेको, उनले वताए ।
कार्यक्रममा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले देशमा अस्थिरता लयाउनेहरुले मुलुकमा निराशाको खेती गरेर नेपाली समाजलाई गलत बाटो खोज्ने दिशा तर्फ लैजान खोजेको र सरकारले सचेत गराएको वताए । उनले अनेक कुराहरु गरेर गलत भाष्य सिर्जना गरेर युवा तथा जनतालाई निराशाको खाडलमा हाल्ने षडयन्त्र भइरहेको र त्यसलाई परास्त गर्न आवस्यक रहेको वताए ।
देश र जनता विरुद्ध भइरहेका अनेक प्रकारका षडयन्त्रलाई चिरेर सरकार र नेकपा एमाले अगाडि वढिरहेको उनको भनाई छ । देशमा भएका सबै समस्यालाई चिरेर अघि बढ्ने क्षमता एमालेले मात्र राख्ने बताउँदै ज्ञवालीले त्यसको लागि आउने निर्वाचनमा नेकपा एमालेलाई बहुमत सहित सत्तामा पु¥याउन उनले नुवाकोटवासीलाई आग्रह गरे ।
सधैँभरि शिक्षाको कुरा गर्ने, परिवर्तनको कुरा गर्ने, गणतन्त्रको कुरा गर्ने माओवादीले आफु देशको नेतृतव गरेका वेला .गरेको शैक्षिक सहमति कार्यान्वयन नगरेको उनको आरोप छ । सरकारमा रहंदा एउटा कुरा र सरकारवाट हटेपछि अर्को कुरा गरेर प्रचण्डले आफ्नो असली चरित्र देखाएको उनले बताए ।
एमालेले समृद्ध नेपाल, सुखी नेपालीको सपना देखेको भन्दै ज्ञवालीले त्यो यात्रामा प्रतिगामीले दुःख दिन लागेका बताए । प्रतिगामी रुपी षडयन्त्रहरुलाई कहिल्यै नफर्कने गरी भगाउन नेपाली जनता जुरमुराएर उठ्नु पर्नेमा उनले जोड दिए ।
नेपाली समाजलाई पछाडि पार्न सकिन्छ भन्ने सपना कसैले देखेको छ भने त्यो किमार्थ सम्भव नहुने पनि उनले बताए । ‘देशमा स्थिरता हेर्न नसक्ने शक्तिहरु सल्वलाएको र देशको परिवर्तनमा त्यसले कुनै पनि असर गर्न नसक्ने उनले वताए ।
सोही कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य इश्वरी रिजालले देशमा स्थिरता र परिवर्तनलाई मजवुत वनाउन एमालेलाई दुई अर्थात् सांढे दुई वर्षपछिको स्थानीय, प्देश तथा संघीय निर्वाचनमा पहिलो र बलियो राष्ट्रिय शक्ति बनाउन आवस्यक रह्को वताए । यसको लागि थप रचनात्मक हिसाबले काम गर्नुपर्नेमा रिजालले जोड दिए ।
एमालेलाई मूल आधार शक्तिको रूपमा अघि बढाउनु आवश्यक रहेको उनले बताए । ‘एमाले मजबुत नहुने हो भने, एमाले सुदृढ नहुने हो भने यो राष्ट्रिय शक्ति कमजोर हुने र राष्ट्रिय शक्ति कमजोर भयो भने हाम्रो देशमा समस्या पर्छ’, उनले भने ।
सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य, वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डेले सरकार र एमालेलाई कमजोर पार्ने सपना देखेकाहरुले गरेको षडयन्त्र कमजोर भइसकेको वताए । उनाले एमालेलाई बहुमतमा पु¥याउने मिसन २०८४ सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
यसको लागि सबैले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने पाण्डेले बताए । राष्ट्रिय शक्तिको एकतालाई बलियो बनाउँदै एमालेलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।
तीन वर्ष अगाडिको निर्वाचनमा एमालेप्रति चौतर्फी घेरावन्दीको बाबजुद पनि एमाले पहिलो लोकप्रिय शक्ति बनेको उनले बताए । यस प्रति सबैले गर्व गर्नुपर्नेमा उनले जोड दिऐ ।
एमालेसँग गौरवपूर्ण इतिहास, स्पष्ट मार्गचित्र र त्यसलाई कार्यान्वयन गर्ने बलियो संगठन भएको कारण एमाले र वर्तमान संयुक्त सरकारले वोकेका विकासका एजेण्डाहरु वोकेर एमाले नुवाकोटमा केन्द्रीत भएको एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीले वताए । एमालेको गौरवलाई बोध गर्दै अघि बढ्न आम नुवाकोटवासीे सबैमा मैनालीले आग्रह गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*