सुरक्षाकर्मीले गरे जात्राको मन्दिर सरसफाई

जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता
लोकखबर
२६ चैत्र २०८१, बुधबार १९:४८

विदुर–नुवाकोटकको सवैभन्दा लामो तथा ठुलो ऐतिहासिक सिन्दुरे जात्रा को तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरुप मन्दिर तथा आसपासका क्षेत्र सरसफाई गरिएको छ ।
विदुर नगरपालिका २ स्थित भैरवी मन्दिर परिसरमा हुने सिन्दुरे जात्रा (भैरवी वर्षबन्धन)को अवसरमा ’नुवाकोट युवा क्बल’को आयोजनामा जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरुले वृहत सरसफाई गरेका छन् । विदुर नपाका मेयर राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा विदुर२ कां वडाध्यक्ष दिपक कायस्थ, नंं. १ सैन्य तालिम केन्द्र त्रिशूली र बहादुर शेर गण नुवाकोटको सेना, सशस्त्र प्रहरी बल १९ नं. गुल्मबाट खटिएका सशस्त्र प्रहरीका जवानहरुसहित स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारणलगायत सरोकारवालाहरुको उपस्थितीमा सरसफाई गरिएको हो ।
प्रसिद्ध ऐतिहासिक भैरवी मन्दिर, बुढी देवताको स्थान, साततले दरबार क्षेत्र, टुडीखेल, इन्द्रचोक, अशोकवाटिका, तुलजा भवानीको मन्दिर परिसर लगायतको स्थानमा सरसफाई गरिएको विदुर नपाले जनाएको छ । सो स्थानमा आगामी २०८२ साल वैशाख १ गते विशेष रुपमा सिन्दुर जात्रा हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*