त्रिशूली अस्पताललाई रेविज विरुद्धको खोप हस्तान्तरण

विदुर–रेबिज रोग बिरुद्वको उपचारका लागि नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई रेविज विरुद्धको खोप प्रदान गरेको छ । यसवाट विरामीहरुलाई उपचारमा सुविधा पुगेको छ ।
अस्पतालको माग अनुसार अति आवश्यक रहेको रेबिज रोग बिरुद्वको ’एण्टी रेबिज भ्याक्सिन (एआरभि)’को खोप विदुर नगरपालिकाको तर्फबाट वुधवार प्रदान गरिएको हो । मेयर राजन श्रेष्ठले त्रिशूली अस्पताल ब्यबस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलाई ३० भाइल खोप हस्तानतरण गरे ।
मेयर श्रेष्ठले विदुर नगर क्षेत्र रहेको त्रिशूली अस्पतालको कार्य सम्पादन, प्रभावकारिता तथा विरामीहरुको उपचार सेवामा विदुर नपासमेत सक्रिय रहेको र रेबिज रोग बिरुद्वको खोप प्रदान गरिएको वताए । आवस्यक रहे अनय खोपसमेत उपलव्ध गराउने मेयर श्रेष्ठले प्रतिवद्धता जनाए ।
यससंगै त्रिशूली अस्पतालमा रेविज खोप सेवा नियमित सञ्चालन रहने अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ । कार्यक्रममा विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी, त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामा, भूमि समस्या समाधान आयोग नुवाकोटको सदस्य माधव रिजाललगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।