खेलकुदमन्त्रिले गरे खेल मैदानको शिलान्यास

फुटवल प्रतियोगिता सुरु
लोकखबर
२६ चैत्र २०८१, बुधबार २०:०८

विदुर–खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको तारकेश्वरमा खेल मैदानको निर्माण सुरु भएको छ । तारकेश्वर गाउंपालिका ३ मा वाघखोर खेल मैदानको वुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शिलान्यास गरेसंगै निर्माण सुरु भएको हो ।
खेल मैदानको निर्माण शुभारम्भ गरिएसंगै शिवालय कप फुटबल प्रतियोगिताकोसमेत उद्घाटन भएको छ । बाघखोर फुटबल मैदानको निर्माणका लागि वजेट उपलवध गराइने मन्त्रि चौधरीले प्रतिवद्धता जनाए ।
खेलमैदानको शिलान्याससंगै तारुकास्थित शिवालय युवा समाजको आयोजना र तारकेश्वर गापाको प्रवद्र्धनमा सुरु भएको प्रथम शिवालय कप फुटबल प्रतियगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । उनले खेलकुखले मानव जीवनलाई अनुशासति वनाउने वताए ।
मन्त्री चौधरीले तारकेश्वर ३ बाघखोर फुटबल मैदानको शिलान्यास गर्दै मैदान निर्माणका लागि सङ्घीय सरकारबाट उचित बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बाघखोर खेलमैदानसँगै गापाले तारकेश्वर ं १ को जब्बरेचौरमा निर्माण भइरहेको खेलकुद रङ्गशालाका लागि सङ्घीय सरकारबाट यथाशक्य सहयोग उपलब्ध गराउन अनुरोध गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*