वैंक ऐन विपरित नगद कारोवार

विदुर–प्रहरीले नुवाकोटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ बिपरित नगद कारोवार गरेको अभियोगमा दुई व्यापारीलाई पक्राउ गरेको छ । अदालतवाट हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ ।
यहि चैत्र १९ गते अपरान्ह सांढे चार बजेको समयमा बिदुर नगरपालिका २ बट्टार बजारमा रहेको सविन अमात्यको एसएस गहना पसलबाट सविन अमात्य र सजेन्द्र बैद्यलाई नक्कली सुन दिई नगद ६० लाख रुपैया ठगी गरी भागेको सम्वन्धमा पक्राउ परेका दुई युवकहरुलाई अनुसन्धान गर्ने क्रममा अन्य दुई युवक व्यापारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका युवाहरुलाई ठगी सम्बन्धि कसूरमा अनुसन्धान भई रहेकोमा अनुसन्धानको क्रममा सविन अमात्य र सजेन्द्र बैद्यले घटनाका दिन नेपाल राष्ट्र बैंक ऐन बिपरित कार्य गरेको देखिएकोले उनीहरुलाई पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ बिपरित नगद कारोवार सम्बन्धि कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
प्रहरीले बिदुर नगरपालिका .१ त्रिशूली घर भई बिदुर २ बट्टारमा एसएस गहना पसल संचालन गरी बस्ने ४५ वर्षिय सविन अमात्य र बिदुर ९ का ३९ वर्षिय सजेन्द्र बैद्यलाई पक्राउ गरि उनीहरुलाई नुवाकोट जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान कार्य भई रहेको डिएसपि लामाको भनाई छ ।