गाउंवासीको निःशुल्क स्वास्थ्य परिक्षण

विदुर–सर्वसाधारणको सुविधाका लागि नुवाकोटको राउतबेशीमा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । यसवाट दीर्घ रोगी पहिचानको लागि सहजता भएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउंपालिका ३ राउतबेशीमा दीर्घ रोगीहरुको पहिचानको लागि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । दुप्चेश्वर ३ नं. वडाको आयोजनामा राउतबेशीमा बृद्धवृद्धा तथा फरक क्षमता भएका व्यक्तिहरुसँगको स्वास्थ्यकर्मी भेटघाट कार्यक्रम अन्र्तगत वडाभित्र रहेका ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुलाई स्वास्थ्य परिक्षण गरिएको हो ।
उनीहरुको स्वास्थय परिक्षण गरि आवस्यक औषधि निशुल्क वितरण गरिएको दुप्चेश्वर ३ का वडाध्यक्ष धु्रवकर केसीले जानकारी दिए । उनका अनुसार वडाभित्र रहेका दिर्घ रोगी तथा जेष्ठ नागरिकहरुको पहिचान गरि निशुल्क औषधि वितरण गर्नको लागि कार्यक्रम गरिएको हो ।
स्वास्थ्य परिक्षणपछि ७६ जना दिर्घ रोगीका विरामी पहिचान भएको वडाध्यक्ष केसीले वताए । ति दिर्घ रोगीहरुमध्ये रक्तचाप, सुगर, युरिक एसिड र मुटु रोगसम्बन्धि रोगका विरामी रहेका छन् ।
यस्तै स्वास्थ्य परिक्षणका क्रममा केही बाथका रोगीहरु भेटिएको र केही ब्यक्तिहरुमा समस्या समेत देखिएको कारण चिकित्सकहरुले काठमाडौ रिफर गरेका छन् । पहिचान गरिएको दिर्घ रोगीहरुलाई स्वास्थ्य निगरानी गरिएको छ ।
कार्यक्रममा एकसय ३० भन्दा बढी जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै निःशुल्क औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ ।