विद्यालयले ग¥यो वडाध्यक्षलाई सम्मान

शिक्षाक्षेत्रमा योगदान गरेको कदर
लोकखबर
२८ चैत्र २०८१, शुक्रबार १९:४३

विदुर–शिक्षाक्षेत्रमा योगदान गरेको ठहर गर्दै नुवाकोटको पिपलटारमा एक विद्यालयले वडाध्यक्षलाई सम्मान गरेको छ । विदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने सम्मानित भएका हुन् ।
सोही वडामा रहेको गुडविल एकेडेमीको वडाध्यक्ष न्यौपानेलाई सम्मान गरेको हो । एकेडेमीले सामुदायिक र संस्थागत विद्यालयमा रहेको विभेद हटाउन तथा वडाभित्र रहेका विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउँदा सम्मान गरेको जनाउंदै वडाध्यक्ष न्यौपानेलाई सम्मान गरिएको विद्यालयका प्रद्यानाध्यापक रामराजा कुमालले जानकारी दिए ।
वडाध्यक्षलाई न्यौपानेलाई विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष शिवप्रसाद गजुरेलले सम्मान गरेका हुन् । कार्यक्रममा सो विद्यालयले आफ्नो स्थापनाकाल अर्थात् १६ वर्षदेखि निरन्तर साथ, समर्थन गरेको कदरस्वरुप दुई जोडी अभिभावकलाई सममानित गरेको छ ।
हरिशरण अर्याल र दिलवहादुर गजुरेलको जोडीलाई कदरपत्र प्रदान गरेर विद्यालयले सम्मानित गरेको हो । कार्यक्रममा उत्कृष्ट नृत्य कोरियोग्राफर निर्मल तामाङ र निता तामाङलाईसमेत विद्यालयले सम्मान गरेको छ ।
विद्यालयका अध्यक्ष शिवप्रसाद गजुरेल, प्रमुख अतिथी वडाध्यक्ष लीलानाथ न्यौपाने, प्रधानाध्यापक रामराजा कुमाललगायतले कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । सोही क्रममा अभिभावकहरुलाई जीवन जीउने कला प्रशिक्षणसमेत दिइएको थियो ।
कार्यक्रममा मनोपरामर्शदाता ईश्वर श्रेष्ठले अभिभावकहरुलाई प्रशिक्षण दिएका थिए । उनले विद्यालयले दिने शिक्षा, संस्कारका साथै शिक्षकहरुको मानसिक अवस्था र अभिभावकले लिनुपर्ने जिम्मेवारीको विषयमा जानकारी दिएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*