राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

विदुर–१४ औं राष्ट्रपति रनिङशिल्ड नुवाकोट जिल्लास्तरिय खेलकुद प्रतियोगिता २०८१ नुवाकोटकको पन्चकन्यामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र पन्चकन्या गाउंपालिकाको व्यवस्थापनमा शुक्रवारदेखि सो प्रतियोगिता सुरु भएको हो ।
पन्चकन्या गापाको पर्यटकिय घ्याङस्वारामा सन्चालन भएको सो प्रतियोगिताको कार्यक्रमकावीच मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले उद्घाटन गरे । उनले खेल क्षेत्रको विकास र विस्तारका साथै खेलाडि पहिचानका लागि वागमति प्रदेश सरकारले विशेष योजना वनाइरहेको छ ।
उनले खेल जीवनले मानवलाई नै सकारात्मक वनाउने भएको हुंदा यसले सकारात्मक जीवनमार्ग दिनेसमेत वताए । खेलाडिहरुलाई अनुशासित भई नियम अनुसार खेल कौशल प्रस्तुत गर्न उनले आग्रह गरे ।
प्रतियोगितामा नुवाकोटका स्थानीय तहका पांचसय ५० जना खेलाडिहरुको सहभागिता रहेको आयोजक ं जिल्ला खेलकुद विकास समितिले जनाएको छ । चार दिनसम्म सन्चालन हुने प्रतियोगितामा मार्शल आर्टसका तेक्वान्दो, कराते र उसुका साथै भलिवल, एथ्लेटिक्स र कवड्डि खेल गरिएको समितिका अध्यक्ष बिजय गुरुङले जानकारी दिए ।
प्रतियोगितामा एकसय १४ स्वर्ण, एकसय १४ रजत र एकसय ३८ कास्य पदकका लागि स्थानीय तहका खेलाडिहरुले प्रतिस्पार्ध गरिरहेका छन् । नुवाकोटको १२ वटै स्थानीय तहवाट खेलाडिहरु सहभागी हुने प्रतिवद्धता जनाएपनि पहिलो दिन विदुर नगरपालिका, घरेलु टोली पन्चकन्या गाउंपालिका, सुर्यगढी, तादी, दुप्चेश्वर, शिवपुरी, किस्पाङ, म्यागङ, र लिखु गापाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा वागमति प्रदेश सभा सदस्य तथा कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, वागमति प्रदेश खेलकुद परिषदका सदस्यसचिव दीपक लामा, पन्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ ’रमेश’, उपाध्यक्ष विमला केसीलगायतले खेल र खेलाडिहरुको स्तर विकासका लागि तीनै तहको सरकारले प्राथमिकता दिएको वताए । उनीहरुले शान्त, सभ्य र चिसो वातावरणमा आयोजित प्रतियोगिताले खेलाडिहरु निकै उत्साहित भएको वताए ।
खेल पर्यटनमा जोड दिदै पर्यटकिय घ्याङस्वाराको खेल मैदानमा भइरहेको १४ औँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरिय प्रतियोगितामा एथ्लेटिक्स, भलिवललगायत विभिन्न खेलहरु सुरु गरिएका छन् । प्रतियोगिताको उद्घाटनका क्रममा विभिन्न कलाकारहरुको साँगितिक प्रस्तुतीसमेत गरिएको छ ।
चार दिने प्रतियोगिताको समापन साथै आगामी २०८२ साल बैशाख १ गते नयाँ बर्षका दिन हुने जनाइएको छ । समापनका दिन प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले पुरस्कृत गर्ने तय भएको छ ।