दुप्चेश्वरमा एकैदिन पौने दुई लाख भेटि

धार्मिक पर्यटकिय केन्द्र वन्दै
लोकखबर
२९ चैत्र २०८१, शनिबार २२:०९

विदुर–पशुपतिनाथको पर्यायको रुपमा पुजिदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धार्मिक पर्यटकिय केन्द्र वन्दै गएको छ । काठमाडौवाट नजिक रहेको दुप्चेश्वर मन्दिरमा भक्तजनहरु आउने क्रम वढेको छ ।
यातायातको सहजताका करण दैनिक रुपमा झक्तजनहरु व्ढिरहेका छन् । दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकैदिन पौने दुई लाख रुपैया भेटि संकलन भएको छ ।
भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । दुप्चेश्वरमा शनिबार एकलाख ६१ ह्जार आठसय १० रुपैया भेटी कसंलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मन्दिरमा मध्याह्न आरतीको ७९ हजार आठसय रुपैया संकलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ ।
श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए । यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*