शिक्षक संगठनको अधिवेसन

नयां कार्यसमिति चयन
लोकखबर
२९ चैत्र २०८१, शनिबार २२:१२

विदुर–नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको चौधौं अधिबेशन सम्पन्न भएको छ । विदुरमा शनिवार सम्पन्न अधिवेसनले नयां कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि वट्टारवजारका राजेन्द्र दवाडीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । अधिवेसनले उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सुमित्रा पौडेल, सचिबमा हरिप्रसाद लामिछाने, सह सचिवमा दुर्गा भट्ट, कोषाध्यक्षमा दयाराम दाहाल र सह कोषाध्यक्षमा लक्ष्मी लामालाई चयन गरेको छ ।
सदस्यहरुमा नुवाकोटको १२ वटै स्थानीय तहवाट प्रतिनिधित्व गराइएको छ । आफुले शिक्षा तथा शैक्षिक विकासको लागि संगठनमार्फत सामूहिक रुपमा कार्य गर्ने अध्यक्ष राजेन्द्र दवाडीले वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*