संविधान संशोधन आवस्यकः नेता श्रेष्ठ

‘पार्टी भन्दा जनता ठुलो’
लोकखबर
२९ चैत्र २०८१, शनिबार २२:१८

विदुर–नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अहिलेको संविधान संशोधन आवस्यक रहेको वताएका छन् । यहि संविधानका कारण देशमा कचिंगल सुरु भएका कारण समस्याको समाधानका लागि दलहरु एकजुट हुनुपर्ने समय आएको नेता श्रेष्ठले वताए ।
नुवाकोटको विदुरमा शनिवार आयोजित अर्धवार्षिक प्रकाशन मार्गनिर्देश र नयां वर्ष २०८२ को क्यालेण्डरको विमोचन गर्दै कांग्रेसका पुर्व उपसभापतिसमेत रहेका श्रेष्ठले जनताभन्दा पार्टी ठुलो नहुने वताए । उनले जनताका जायज माग पुरा गर्न कांग्रेस र एमालेको सरकारले तदारुकता देखाउनु पर्ने वताए ।
जनताको माग र आवस्यकतालाई पुरा गर्नु दल र सरकारको दायित्व भएका कारण देखिएका समस्या र आएका विवादहरुलाई समाधान गर्दै कांग्रेस र एमाले अगाडि वढ्नु पर्ने वताए । संविधानमा भएका केहि विषयहरु संशोधन गरेर देश र जनताका लागि कार्य गर्नु पर्ने वताए ।
विवादलाई विवादको रुपमा नभई वहसको रुपमा अगाडि वढाउनु पर्ने र अहिलेको समस्या समाधान र जनपक्षिय सम्मानका लागि संविधानमा वेमेल रहेका कुराहरु सच्याउन तयार हुनु पर्ने वताए । संविधानकै कारण समस्या आएर देश संकटमा पनुृ राम्रो नहुने भएका कारण विवाद र असहमतिलाई जनताको पक्षमा सहमतिमा टुंग्याउन जरुरी रहेको श्रेष्ठको भनाई छ ।
कार्यक्रममा वागमति प्रदेश सभा सदस्य तथा कांग्रेस नुवाकोटकका सभापति रमेशकुमार महतले देशमा जनताका लागि उचित मागहरु पुरा गर्न दलहरु तयार रहनुपर्ने वताए । उनले प्रणालीमा केहि परिवर्तन गर्न आवस्यक रहेको वताए ।
कार्यक्रममा कांग्रेस नेता ध्रुव अधिकारी, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठ, कांग्रेस सचिव वैकुण्ठ मिश्रलगायतले जनताको भावना अनुसार कांग्रेस अगाडि वढ्नुपर्नेमा जोड दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*