बिदुरमा ८१ प्रतिशत वढि विद्यार्थी उत्तिर्ण

कक्षा ५ र ८ को नतिजा प्रकाशित, एकसय ९८ विद्यार्थी अनुत्तीर्ण
लोकखबर
२९ चैत्र २०८१, शनिबार २२:२७

विदुर–नुवाकोटको विदुर नगरपालिकाको कक्षा ५ र ८ को नतिजामा ८१ प्रतिशत वढि विद्यार्थीहरु अनुत्तिर्ण भएका छन् । विदुर नपाले सार्वजनिक गरेको नतिजा अनुसार संस्थागत र सामूदायिकतर्फको नतिजा सार्वजनिक गरेको हो ।
विदुर नपाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार कक्षा ८ मा ८१ द्यशमलव १८ प्रतिशत र कक्षा ५ मा ८२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 
चैत्र ३ गतेबाट सन्चालन भएको कक्षा ८ को परीक्षामा विदुर नपामा रहेका ४६ वटा विद्यालयका १ हजार २ सय १७ जना विद्यार्थी सहभागी भएकोमा दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । विदुर नपाको नतिजा अनुसार ४ जिपिए ल्याएर विदुर नपा ४ को पृथ्वी माविका स्मारिका फुयाल र कृष्मा भुजेल प्रथम भएका छन् ।
यस्तै दोस्रो स्थानमा विदुर नपा १० गेर्खुटारमा रहेको सुन्दरी क्यौरिनी माविका संयोग नेपाल भएका छन् । उनले ३ दशमलव ९८ जिपिए प्राप्त गरेका छन् ।
कुल ३ दशमलव ९६ जीपिए प्राप्त गरि ५ जना तेस्रो भएका छन् । जसमा पृथ्वी माविका मित्रराज दाहाल, कञ्चन ढकाल, कल्याणकारी विद्या मन्दिरका सुदीक्षा रिमाल, त्रिभुवन त्रिशूली माविका सशिका तामाङ र सुभेनियर बोर्डिङ स्कुलका अनुस्का श्रेष्ठ रहेका छन् ।
विदुर नपाको शिक्षा शाखाका अनुसार १० माविका विद्यार्थीहरु कक्षा ८ को परिक्षामा शतप्रतिशत उत्र्तिण भएका छन् । शतप्रतिशत नतिजा हात पार्नेमा पृथ्वी मावि, ज्ञानकुञ्ज विद्यालय, सामुदायिक विद्या मन्दिर, नेशनल बेथेल एकेडेमी र भैरवी मावि रहेका छन् ।
यस्तै गणेश भ्यु बाटिका, कालिका मावि, स्पार्कल इन्टरनेशनल स्कुल, सुर्यज्योति बोर्डिङ स्कुल र जेडि बोर्डिङ स्कुलका विद्यार्थीहरु शतप्रतिशत उत्तिर्ण भएका छन् । विदुर ४ संगमचोकस्थित युनाइटेड आधारभुत विद्यालयको नतिजा सबैभन्दा कमजोर देखिएको छ ।
सो विद्यालयबाट ६ जना परिक्षार्थीले परिक्षा दिँदा दुई जना मात्र उत्तीर्ण भएका छन् । जुन प्रतिशतको अधारमा ६६ प्रतिशत अनुत्तिर्ण हो ।
यस्तै रामचन्द्र आधारभुत विद्यालयका ६२ दशमलव ५० प्रतिशत अनुत्तीर्ण हुँदा सुलक्षण आधारभुत विद्यालयका ५७ दशमलव ८९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । बागेश्वरी आधारभुत विद्यालयका ५४ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् भने भैरम माविका ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
विभिन्न विषयमा एकसय ९८ विद्यार्थी अनुत्तीर्ण भएका छन् । उनीहरुले आगामी बैशाख ७ र ८ गते ग्रेडबृद्धि परिक्षामा सहमागिता जनाउन पाउनेछन् ।
गत चैत्र ३ गतेदेखि सुरु गरिएको कक्षा ५ सञ्चालित विद्यालयहरूको नगर स्तरीय परीक्षाको नतिजा अनुसार विदुर नगर भित्रका विभिन्न विद्यालयबाट १ हजार २ सय ४१ जना विद्यार्थी सहभागी भएका थिए । सो परिक्षामा दुई जनाले ४ जिपिए ल्याएका छन् ।
४ जिपिए ल्याउनेमा दुबैजना स्टार बोर्डिङ स्कुलका विद्यार्थी रहेका छन् । स्टारका रिजु श्रेष्ठ र सपना तामाङले ४ जिपिए ल्याएका हुन् ।
यस्तै ३.९७ जिपिए ल्याएर ५ जना विद्यार्थीहरुले दोस्रो स्थान हात पारका छन् भने ३.९५ जिपिए ल्याएर स्टार बोर्डिङकै आरोही भट्टराई तेस्रो भएका छन् । कक्षा ५ को एकसय ५५ जना विद्यार्थीहरु आगामी बैशाख ७ र ८ गते ग्रेडबृद्धि परिक्षामा सहभागिताको लागि योग्य रहेका छन् ।
समग्रमा सामुदायिक विद्यालयबाट कक्षा ८ मा ७७ प्रतिशत उत्तीर्ण भएका छन् भने सस्थागत विद्यालयका ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दुई विषयसम्म अनुत्तिर्ण भएका विद्यार्थीहरुलाई ग्रेड बृद्धिको लागि अवसर दिइएको विदुर नपाको शिक्षा शाखाले जनाएको छ ।
ग्रेडवृद्धि परीक्षा आगामी बैशाख ७ र ८ गते हुनेछ । परिक्षामा कक्षा ५ तर्फ सामुदायिक र संस्थागत गरि ५९ विद्यालयका १ हजार २ सय ४६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*