गाडी दुर्घटनामा १० यात्रु घाइते

दुई वालवालिका घाइते, अस्पतालमा उपचार जारी
लोकखबर
३ बैशाख २०८२, बुधबार २०:४५

विदुर–नुवाकोटको गुरुङगाउंमा वुधवार यात्रुवाहक माइक्रोवस दुर्घटनामा परेको छ । त्यसमा यात्रारत यात्रुहरु घाइते भएका छन् ।
काठमाडौवाट नुवाकोट प्रवेशको छोटो दुरीको माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकखण्डको वीचमा रहेको शिवपुरी गाउंपालिका ७ गुरुङगाउंमा वेलुकी काठमाडौवाट त्रिशूलीतर्फ आउंदै गरेको विद्युतीय माइक्रोवस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । १० जना घाइते भएका छन् ।
बागमती प्रदेश ३–००१ज९३९ नम्बरको विद्युतीय माइक्रोवस दुर्घटना हुंदा त्यसमा यात्रारत १० यात्रु घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये दुर्य जना वालवालिका, ६ महिला र चार जना पुरुष रहेका छन् ।
घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । घटनाका सम्वन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*