असिनापानीले वाली प्रभावित

विदुर–नुवाकोटको विभिन्न स्थानमा वैशाख महिना लागेसंगै वर्षात् हुन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष समयमै वर्षात् हुदा किसानहरु खुसी भएका छन् ।
हावाहुरीसहितको वर्षात् र कतिपय स्थानमा असिना पानीसमेत परेको छ । असिना पानीले तरकारी तथा अनय वालीमा क्षति पु¥याएपछि किसानहरु दुखि भएका छन् ।
पानी परेपछि मकै तथा अनय वाली लगाउने समय भएका किसानहरु भने खुसी भएका छन् । अधिकांश स्थानमा सामान्य वर्षात् भएको छ ।
नुवाकोटको पुर्वी भेगमा असिना पानी परेको छ । पर्यटकिय घलेभन्ज्याङ नजिकै असिना पानीले अन्नबाली नष्ट गरेकाले किसानहरु चिन्तित भएका छन् ।
पञ्चकन्या गाउँपालिका ३ झिंगाने गाउँमा असिना पानीका कारण स्थानीय किसानको अन्नबालीमा क्षति पुगेको गुनासो गरेका छन् । असिनासहित पानी परेपछि मकै, तरकारी तथा किवी फलफूलका बोटहरूमा नोक्सानी भएको किसानहरले वताए ।
स्थानीय छिरिङ तामाङको किवी खेतीमा क्षति पुगेको छ । ‘असिनाले बिग्रियो, तरकारी पनि चिथोरिए, घाटा पो भयो,” अर्का कृषकले गुनासो गरे ।
झन्डै आधा घण्टासम्म लगातार परेको असिनापानीले अन्न तथा तरकारी बाली नष्ट भएपछि किसानहरू चिन्तित भएका हुन् । नुवाकोटको मध्य तथा पश्चिमी भेगमा भने औसत अनुसार पानी परेको स्थानीय कृषकहरु व्ताउंछन् ।