एसइइमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कार

एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय
लोकखबर
५ बैशाख २०८२, शुक्रबार १०:०६

विदुर–नुवाकोटको पिलटारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी प्रोत्साहन कार्यक्रम सन्चालन गरेको छ । विदुर नगरपालिका ५ पिपलटारमा रहेको गुडविल एकेडेमीले एसइईमा ४ जिपीए ल्याउने विद्यार्थीहरुलाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
सो गुडविल एकेडेमीले आफ्नो विद्यालयबाट एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई यस पटकदेखि नगद एक लाख रुपैया पुरस्कारँसहित सम्मान गर्ने निर्णय गरेको विद्यालयका प्रिन्सिपल रामराजा कुमालले जानकारी दिए । गत २०६६ सालमा स्थापना भएको विद्यालयमा हाल ३ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।डे बोर्डस तथा होस्टलको समेत सुविधा रहेको सो विद्यालयले स्थापना कालदेखि विद्यार्थी अध्ययनप्रति उत्साहित वनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यालयले नतिजासमेत राम्रो हासिल गरिरहेको प्रिन्सिपल कुमालको दावी छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*