इन्धन पम्पहरुको अनुगमन

विदुर–पेट्रोलियम पदार्थको अभाव भएको गुनासो आएपछि नुवाकोटमा इन्धन पम्पहरुको अनुगमन गरिएको छ । जिल्ला वजार अनुगमन समितिमा गुनासो आएपछि सम्वन्धित निकायले इन्धन पम्पहरुको अनुगमन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद होमागाइको नेतृतवमा गएको टोलीले वट्टार, ढुंगे, पिपलटारमा रहेको इन्धन पम्पहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा सब पम्पहरुलाई पेट्रोलियम पदार्थको अभाव नहुने गरि मापदण्ड बमोजिम बिक्रिवितरण गर्न निर्देशन दिइएको अनुगमन समितिका सदस्य सचिव तथा उद्योग वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटोले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा इन्धन पम्पमा पुगेर पेट्रोलियम पदार्थको भण्डारको अवस्थाको मुल्यांकन गरिएको हो । सवैलाई नियम र मापदण्ड अनुसार विक्रिवितरण गर्न निर्देशन दिइएको छ–अधिकृत सापकोटाले वताए ।
टोलीले जालपादेवी पेट्रोलियम प्रालि, सुर्यमति फ्युल सेन्टर पिपलटार, भैरवी आयल स्टोर प्रालि. बट्टार र वनदेवी आयल स्टोर ढुंगेको स्थलगत अनुगमन गरेको हो । अभाव नहुने गरि गुणस्तरियता र मापदण्ड अनुसार व्यवसाय गर्न सचेत गराइएको अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ कृष्णप्रसाद होमागाइले वताए ।