धानको विउमा किसानलाई अनुदान

विदुर–नुवाकोटको पञ्चकन्या गाउँपालिकाले किसान प्रोत्साहन कार्यक्रम सन्चालन गरेको छ । जसअन्र्तगत उन्नत धानको बीउमा किसानलाई ५० प्रतिशत अनुदान दिइएको छ ।
पञ्चकन्या गापाले किसानहरूलाई गुणस्तरीय तथा उन्नत जातका धानको बीउमा ५० प्रतिशत अनुदान दिने प्रक्रिया सुरु गरेको छ । गापाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत संघीय सरकारको सशर्त बजेटबाट उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमअनुसार, कृषक, कृषक समूह तथा सहकारी संस्थाले यहि वैशाख ११ गतेभित्र प्रक्रिया पु¥याएर माग गर्न गापाले अनुरोध गरेको छ । यसका लागि मोटो÷मध्यम जातका सुख्खा धान ५, हर्दिनाथ ६, राधा ४ बीउ प्रतिकेजी ६२ रुपैयाँ, मसिनो जातका हर्दिनाथ ६, रामधान, हर्दिनाथ सावा मन्सुली बीउ प्रतिकेजी ६८ रुपैयाँ, र खुमल जातका खुमल ४, खुमल ११, खुमल बास्मती १६, प्रोखरेली जेठोबुडो तथा लल्का बास्मती बीउ प्रतिकेजी ९८ रुपैयाँ पर्नेछ ।
यि सबै बीउमा तोकिएको मूल्यको ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान स्वरुप उपलब्ध गराउने अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ । अनुदान पाउनका लागि दर्ता तथा नवीकरणको प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, कार्यक्रम माग गर्ने निर्णयको प्रतिलिपि, जमिन स्वामित्व सम्बन्धी कागजात, नेपाली नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात गाउँपालिकाको कृषि विकास शाखामा बुझाउनु पर्नेछ ।
गापाले माग भएका बीउहरूको ढुवानी कृषक आफैले गर्नुपर्ने जनाएको छ । साथै, सूचीकृत बाहेकका अन्य जातका बीउको माग पनि पर्याप्त भएमा उपलब्ध गराउन सकिने पन्चकन्या गापाले जनाएको छ । पन्चकन्या गापामा केहि समयमा धानको विउ राख्ने वेला हुने किसानहरुले वताए ।