मकैको खोष्टावाट हस्तकलाका सामग्री

विदुर–खेर जाने मकैको खोष्टा सदुपयोग गरि नुवाकोटको विदुरमा हस्तकलाका सामान निर्माण गर्ने सिप प्रदान गरिएको छ । यसवाट सामग्रीको सदुपयोग र सिपको विकास भएको छ ।
नुवाकोटको विदुर नगरपालिकाले मकैको खोष्टाबाट बन्ने हस्तकलाका विभिन्न सामग्री सम्बन्धि सिप विकास कार्यक्रम प्रदान गरेको हो । विदुर १० कीे कावा वडाध्यक्ष कुमारी विकको अध्यक्षतामा महिलाहरुका लागि सन्चालित एक महिने सिप विकास कार्यक्रम सम्पन्न भएको हो ।
ओम राजश्री मल्टी एग्रो प्रालिको प्राविधिक सहयोगमा संचालित मकैको खोष्टाबाटे हस्तकलाका सामान तयारी तालिमको विदुर नपाका आर्थिक विकास समितिका संयोजक निलमबाबु ढुङ्गेलले समापन गरे । उनले सिप सिकेर स्वरोजगार हुनुका साथतै खेर जाने मकैको खोष्टाको सदुपयोग भएको वताए ।
तालिम समापन कार्यक्रममा विदुर नपा योजना शाखा प्रमुख हरीप्रसाद प्याकुरेल, उद्योग विकास शाखाका प्रमुख सुदर्शन सेढाईलगायतले सिप सिकेर सहभागीहरु आत्मनिर्भर भई आयआर्जनको वाटोमा लाग्नु पर्ने वताए ।